बुटवल,१५ पुस । नेपाली काँगेसका महामन्त्री गगन कुमार थापाले हारे पनि समिक्षा गर्दै फेरि अर्काे तयारीमा लाग्नुपर्नेमा जाेड दिएका छन् ।
शुक्रबार बुटवलमा आयोजित रोट्रयाक्ट क्लवअरूकाे १५ औं सम्मेलनलाई सम्बोधन गर्दै उनले हारे वा जिते के गर्ने भन्ने विषयमा आफ्नै उदाहरण प्रस्तुत गर्दै संसदीय दलको नेतामा नराम्रोसँग हारेपनि समिक्षा गर्दै पुनः तयारीमा लागेको बताए ।
उनले जितेमा १० मिनेट खुशी मनाउने,सहयोग पुराउनेलाई सम्झने र अर्काे बाटोको लागि तयारी गर्न उनले शुझाँब दिए । हार्दा पनि १० मिनेट रुने,१० मिनेट सहयोगीलाई सम्झने , समिक्षा गर्ने र अर्काे १० मिनेट तयारीमा लाग्नुपर्नेमा उनलेे जाेड दिए ।
हिन्दु धर्मग्रन्थ गीतामा कर्म गर तर फलको आश नगर भनेझैं आफु संसदीय दलको नेतामा उम्मेदवारी दिएर कर्म गरेको तर परिणामको विषयमा चिन्ता नगरेको उल्लेख गरे ।
उपन्याशकार सुविन भट्टराईले साहित्य लेखनको लागि धेरै अध्ययन गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा सहभागिको प्रश्नको जवाफ दिँदै उनले रुख काट्नको लागि बञ्चरोको धार उदाए जस्तै लेख्नको लागि पहिले पढ्न आवश्यकता रहेको बताए ।
सम्मेलनमा नेपाल र भुटानका गरी एक हजार प्रतिनिधिको सहभागिता रहेको छ छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको सम्मेलनमा शनिबार नयाँ नेतृत्व चयन गर्दै समापन हुने आयोजकले जानकारी दिएको छ ।