काठमाडौं, १४ पुस । ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सत्ता गठवन्धन दलहरुबीच सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सत्ता गठवन्धन दलहरुबीच सहमति भएको हो ।
बैठकले सरकारका न्युनतम साझा कार्यक्रमकाे खाका तयार गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक समेत तोकेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार हरेक दलका एक/एक जना रहने यो संयन्त्रको बैठक भोलि नै बस्न सक्छ ।
ओली नेतृत्वको संयन्त्रले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने सहमति पनि भएको छ ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकाे सहभागीता रहेको थियो ।
मन्त्रालय भागवण्डाबारे पनि बैठकमा छलफल भएको गृहमन्त्री लामिछानेले बताए ।






