काठमाण्डाै,११ पुस । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने भएका छन् । एमालेले अरू मन्त्रीको टुङ्गो नलगाए पनि उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेललाई पठाउने पक्काजस्तै भएको एक नेताले बताए ।

पौडेल यसअघि पनि अर्थमन्त्री भइसकेका छन् । एमालेले अरू मन्त्रीमा भने नयाँलाई पालो दिने जनाएको छ ।