काठमाडौं,७ पुस ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन् । बिहीबार नयाँबानेश्वरस्थित संघीय संसद सचिवालयमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ सदस्य राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन् ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।
यसैबीच बिहिबार भएको शपथ ग्रहण कार्यक्रममा प्रतिनिधि सभाका १७ जना सांसद अनुपस्थित भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार १७ जना अनुपस्थिति संसदको शपथ पछि हुने छ ।






