काठमाडौं,४ पुस । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधव नेपाल चयन भएका छन् ।

सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलकाे बैठकले अध्यक्ष नेपाललाई दलको नेतामा चयन गरेको महासचिव बेदुराम भुसालले जानकारी दिए ।

संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन् भने दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन् ।