बुटवल,२४ मंसिर ।
बुटवल स्थित धौलागिरी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बुटवलको ११ औं अधिवेशनबाट पुन: गोविन्द खनालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार बुटवलमा सम्पन्न भएको अधिवेशनबाट खनालको नेतृत्वमा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा देव खनाल, सदस्यहरुमा ऋषिराम भट्टराई, गुरुप्रसाद पराजुली, राजेन्द्र न्यौपाने, ठाकुर घिमिरे, राजकुमार वाग्ले, रमादेवी पाण्डे, मञ्जु भण्डारी, मनकुमारी शाही, कृष्ण प्रसाद पाण्डे, डिबि बस्याल र शान्ती सिंह मल्ल निर्वाचित भएको निर्वाचन अधिकृत फणिन्द्र शर्मा वाग्लेले जानकारी दिए ।
विधान बमोजिम निर्वाचित समिति सचिव र कोषाध्यक्ष मनोनित गर्ने निर्वाचन अधिकृत शर्माले बताए ।

त्यसैगरि लेखा समिति संयोजकमा मनोज आचार्य, सदस्यमा यमलाल भुसाल र विमला पन्थी निर्वाचित भएका छन ।
शिक्षा समितिको संयोजकमा मनकुमारी शाही, सदस्यमा शान्ता ज्ञवाली र गोकुल खनाल, ऋण समितिको संयोजकमा राजेन्द्र न्यौपाने, सदस्यहरुमा सुरेन्द्र चौधरी र अर्पणा श्रेष्ठ मनोनित भएका छन ।