चितवन,२० मंसिर । नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा २ ख ७४६२ नम्बरको खाली ट्रक आज बिहान पुलबाट खसेको हो ।
दुर्घटनामा ट्रक चालक धादिङ घर भइ मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलै मृत्यु गएकाे इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले जानकारी दिए । मृतकका आफन्त आइसकेपछि शवको परीक्षण गर्न भरतपुर अस्पताल पठाइने उनलेे बताए ।






