काठमाडौं,१९ मंसिर ।
लोकतान्त्रिक–वाम गठबन्धनले आगामी सरकार निर्माणमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले उक्त निर्णय गरेको हो ।
चुनावी परिणाम सन्तोषजनक नआए पनि गठबन्धनलाई कायमै राखेर आगामी सरकार सञ्चालनका विषयमा छलफल भइरहेको नेकपा समावजादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको उनले बताए ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनमा गठबन्धनको पक्षमा अपेक्षाकृत नतिजा नआएको बैठकको निष्कर्ष छ ।






