काठमाडौं,१५ मंसिर ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहान ८:५५ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५९१ मत प्राप्त गरेको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ६ हजार ९१ मत प्राप्त गरेर चौथो स्थानमा रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ।

यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९२ हजार १५८ मत प्राप्त गर्दै थ्रेसहाेल्ड कटाउन संघर्षरत छ ।