बुटवल,६ मंसिर ।
मंसिर ४ गत सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत हालसम्म ७ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।
मंगलबार साढे ७ बजेसम्म ७ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको हो । जसमा ४ स्थानमा कांग्रेस, २ स्थानमा एमाले र एक स्थानमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् ।
यस्तै कांग्रेसले ४८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने एमालेले ३७, माओवादी केन्द्रले १८, राष्ट्रिय स्वतन्त्र पार्टीले १०, नागरिक उन्मुक्ति पार्टीले ३ र अन्य पार्टी तथा स्वतन्त्रका उम्मेदवारले ३१ स्थानमा अग्रता लिएका छन् । बाँकी स्थानमा भने मतगणना हुनै बाँकी छ ।






