चितवन,३० कार्तिक ।
चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । अपरिचित समूहले आज बिहान ११ बजेतिर बा ३ च २०५० नम्बरको कारमा तोडफोड गरेको हो ।

श्रेष्ठ भरतपुर महानगरपालिका वडा नं. १० पुरानो मेडिकल कलेज अगाडि चुनाव प्रचारमा थिए । गाडी रोकेर भेटघाटमा रहेको बेला तीन वटा मोटरसाइकल चढेर आएका ६ जनाको समूहले सिसा फुटाएर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडी तोडफोडमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

चितवनमा यसअघि स्वतन्त्र पार्टीको प्रचार प्रसारमा हिडेको गाडीमा तोडफोड भएको थियो ।