काठमाण्डाै,२५ कार्तिक ।
बैंकको ब्याजदर बृद्विकाे विरोधमा निजी क्षेत्रले गर्दै आएको आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघले पनि तत्कालका लागि विरोधसम्बन्धी कुनै गतिविधि नगर्ने निर्णय गरेको छ ।
महहासंघले विज्ञप्ति जारी गरि विरोधका कार्यक्रम स्थगित गर्न सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गरेको छ ।
बैंकहरुले ब्याजदर बढाएको भन्दै देशका विभिन्न भागमा उद्योगी तथा व्यवसायीले विरोध प्रदर्शन गर्दै आएका थिए । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव हुन गइरहेकाले तत्कालका लागि विरोधका कार्यक्रम स्थगित गर्न महहासंघले आग्रह गरेको थियो ।
बैंककाे चर्को ब्याजदर बिरूद्व विराटनगर, दाङ, बुटवल, काठमाण्डौलगायत मुख्य सहरमा व्यवसायीले प्रदर्शन गर्दै आएका थिए ।






