काठमाण्डाै,२३ कार्तिक । आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा आज दिनभरजसो नै मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा भने पहाडी क्षेत्रमा मौसम बद्ली भइ दिउँसो हल्का पानी पर्ने अनुमान रहेको उनलेे बताइन् । तराईका केही जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताइन् । पश्चिमी वायूको प्रभावका कारण यी क्षेत्रको मौसम बद्ली भई हल्का पानी पर्न लागेको मौसमविद् मानन्धरकाे भनाइ छ ।

आज काठमाण्डौको मौसम पनि आंशिक बद्ली हुने जल तथा माैसम विज्ञान विभागले जनाएको छ । भरे रातिदेखि भने मोसममा सुधार हने मौसमविद्भले बताएका छन् ।