काठमाण्डाै,१७ कार्तिक । गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर एक विद्यार्थीको मृत्यु भएको छ ।
स्कुलबाट घर फर्किने क्रममा गुडिरहेको बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर घाइते भएका काठमाडौंका एक विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल दुर्घटनामा परेका थिए ।

प्रहरीका अनुसार बसको झ्यालबाट टाउको निकालेका दाहाल सडक छेउमा रहेको रुखमा ठोक्किएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । दाहालको उपचारका क्रममा गएराति सवा २ बजे शिक्षण अस्पताल महाराजगञ्जमा मृत्युु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।