काठमाण्डौ,१३ कार्तिक ।
निर्वाचन आयोगमा निर्वाचन आचारसंहिता उल्लंघनका ५ दर्जन बढी जुरी परेको आयोगले जनाएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले जारी गरेको आचार संहिता उल्लंघनका ५ दर्जन बढी उजुरी परेको हो ।
आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवार र संघसंस्थालाई स्पष्टिकरण सोधिएको आयोगले जनाएको छ ।
निर्वाचनलाई मर्यादीत बनाउन आचार संहिता पालनाबारे अनुगमनका लागि ७७ जिल्लामा अनुगमन संयन्त्र बनाइएको र सो संयन्त्रले पनि आचार संहिता पालना भएनभएको अध्ययन गरिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सहायक संयोजक रहनेगरी कोष तथा लेखा नियन्त्रक प्रमुखलाई अधिकृत तोकेर जिल्ला आचार संहिता अनुगमन कमिटी बनाइएको छ ।
विभिन्न जिल्लाबाट उजुरी आइरहेको र स्पष्टिकरण सोध्ने काम भइरहेको प्रवक्ता पौड्यालले बताए । सोधिएको स्पष्टिकरण चित्तबुझ्दो नभए उम्मेदवार र राजनीतिक दललाई दोहो¥याएर स्पष्टिकरण सोध्ने आयोगले जनाएको छ ।






