काठमाडौं, ५ कार्तिक ।
आज पश्चिम नेपालमा हल्का वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको र साे मौसमी प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पश्चिमी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइन् । देशका अन्य भेगमा भने केही दिन मौसम सफा रहनेछ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।









