काठमाण्डौ,२७ असोज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।

आज प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इश्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका हुन् ।
सत्ता गठबन्धनबाट बाहिरिएर जसपाले आउँदो चुनावमा नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले उसका चार मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

जसपाबाट सरकारमा श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, राई भौतिक पूर्वाधार तथा यातायात, प्रदीप यादव वन तथा वातावरण र मृगेन्द्र यादव कृषि तथा पशुपक्षी विकास मन्त्री रहेका थिए ।