भक्तपुर,२५ असोज
एक ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी घर भएका ३५ वर्षका रामबहादुर सुनार रहेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरा गरी बस्ने एक बालिकालाई गए राति उनकै डेरामा गएर बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकाको स्वास्थ्य परीक्षण गराइएको र आरोपी सुनारमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।






