काठमाण्डाै,२४ असाेज । निर्वाचन आयाेगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने व्यवस्था मिलाएको छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदमा मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार आज र भोलि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरेर निर्णय हुनेछ ।

उम्मेदवारलाई नाम फिर्ताको लागि पर्सि २६ गतेको समय दिइएको छ । पर्सि २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिह्न दिने आयोगकाे कार्यतालिका रहेको छ ।