काठमाडौं,२१ असाेज ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारकाे मनाेनयन गर्ने दिन नजिकिँदै गर्दा जसपा र लोसपा कहिले बालुवाटार त कहिले बालकाेटकाे चक्कर लगाउदै ठिक्क छ ।
जनता समाजवादी पार्टी (जसपा) सत्ता गठवन्धनबाट टाढिएर
नेकपा एमालेसँग नजिकिन थालेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् । एमाले र जसपाका नेताहरु सहमति नजिकै पुगेको खबर सार्वजनिक भएसँगै लोसपाका नेताहरु सत्ता गठबन्धनसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक चलिरहेकै बेलामा लोसपाका नेताहरु बालुवाटार पुगेको स्रोतहरुले दाबी गरेको छ । विहानदेखि बसिरहेको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरु भने अनुपस्थित छन् । एमाले र जसपा सहमति नजिक पुगेपछि गठबन्धनका नेताहरुले लोसपासँग सम्वाद थालेका हुन् ।

सत्ता गठबन्धनसँग संवाद गर्न नेताहरु शरतसिंह भण्डारी, अनिलकुमार झा र जितेन्द्र सोनल बालुवाटार पुगेको बताइएको छ ।