काठमाण्डौ,१५ असोज ।
नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ ।
साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै पछिल्लो २४ घण्टामा डेंगीका कारण एक जनाको मृत्यु भएको छ ।
यससँगै नेपालमा डेंगीका कारण मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ ।
लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय भएको चिकित्सकहरुले बताएका छन् ।






