काठमाडौं,१५ असोज ।
बलात्कारको झुटो जाहेरी दिएको आरोपमा प्रहरीले भक्तपुरबाट एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीको वर्दघाट चिसापानी घर भई काठमाडौंको जडिबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला रहेकी छन् ।

उनलाई झुटो जाहेरी दिएको आरोपमा पक्राउ परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनको निवेदन उपर अनुसन्धान गर्दा त्यस प्रकृतिको कुनै पनि घटना घटेको नपाइएको र पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।