काठमाण्डौ,१० असोज ।
मधेश मेडिकल सोसाईटीका अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेश गरेका छन् ।

डा पंजियारलाई पार्टी संघीय कार्यालय, महाराजगंज चक्रपथमा संघीय अध्यक्ष के पि पालुङ्वाले सदस्यता पत्र प्रदान गरी स्वागत गरेका थिए ।

पार्टी प्रबेश गरेका डा पंजियारले राष्ट्रिय जनमुक्ति पार्टीको ’बहुजातीय लोकतान्त्रिक समाजबाद’ मार्ग सिद्धान्त नेपालको बिबिधता अनुकुल रहेकोले जनमुक्ति पार्टी रोजेको बताए ।

पार्टीले अबसर दिए धनुषा, जनकपुर क्षेत्र नम्बर–३ बाट आसन्न निर्वाचनको लागि प्रतिनिधि सभाको उम्मेदवार लड्ने इच्छा ब्यक्त गरे । बिद्यार्थी संगठन, जनकपुरका पुर्व अध्यक्ष पंजियार जानकी मेडिकल कालेजका निर्देशककारुपमा कार्यरत छन् ।

उनलाई पार्टीका उपाध्यक्ष बलदीप राई, बिधु प्रकाश कायस्थले खादा लगाई स्वागत गरेका थिए ।