काठमाण्डौ,२ असोज ।
आठौँ संविधान दिवस आजदेखि तीनदिनसम्म मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउन आग्रह गरेको छ ।

आजदेखि पर्सिसम्म तीनदिन बिभिन्न कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो ।

सरकारले आजदेखि तीन दिन देशभरि र विदेशमा रहेका नेपाली कुटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमकासाथ संविधान दिवस मनाउने निर्णय गरेको छ ।