काठमाण्डाै,२८ भदौ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा आए जस्तो बच्चा चोरी गर्ने गिरोह प्रवेश गरेको सूचना नरहेको भन्दै अफवाह नफैलाउन आग्रह गरेको छ ।
केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा बच्चा चोरी गर्ने गिरोह सक्रिय रहेको भन्ने हल्ला फैलिएपछि प्रहरीको साइबर ब्युरोले सूचना जारी गरि अफवाह नफैलाउन आग्रह गरेको हो ।
ब्युरोले सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ ।
सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि धेरैतिर त्रास बढेको छ ।






