काठमाण्डौं,२६ भदौ ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धी ठेक्का प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई समेत मुँछेका छन् ।

महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा निलम्वीत प्रधानन्यायाधिस राणाले
सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धी ठेक्का प्रकरणमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई समेत मुँछेका हुन् ।

समितिका सदस्य मीन विश्वकर्माका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ राणाले दिएका छन् । जवाफ दिने क्रममा राणाले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् ।

सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारे समितिले सोधेको प्रश्नमा राणाले पूर्व प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले समेत सहयोग गरेको जवाफ दिएका थिए । त्यस्तै राणाले पूर्व प्रधानन्यायाधीशहरूको समाजलाई मण्डलेको संज्ञा समेत दिएका छन् । ‘पूर्व प्रधानन्यायाधीशहरूको होइन, त्यो पञ्चायतका मण्डलेहरुको समाज हो त्यो’, राणाले आफुविरुद्ध विज्ञप्ति निकाल्ने पूर्व प्रधानन्यायाधीशहरुको समाजप्रति लक्षित गर्दै भने ।

उनले आफुलाई कार्यालय प्रमुख समेत भनेर दावी गरेका छन् । ‘उहाँले कार्यालय प्रमुख म नै हो । त्यही भएर मैले सही गरेँ’, राणाको जवाफ उदृत गर्दै अर्का एक समिति सदस्यले भने, ‘सर्वोच्चको कार्यालय प्रमुख प्रधानन्यायाधीश हुँदैन । रजिष्ट्रार हुन्छ ।’ बयानका क्रममा राणाले भवन निर्माणमा भएको भ्रष्टाचार बारेको प्रश्नमा आफुले हस्ताक्षर गरेको कपी नै देखाएका थिए । समितिले इच्छाराज तामाङ प्रकरणको अडियोबारे सोधेको प्रश्नमा आफ्नो नभएको भन्दै डिफेन्स गरेका थिए । ‘त्यो अडियो मेरो होइन’ राणाको भनाइ थियो ।

समितिले ४३ मध्ये ३५ वटा प्रश्न सोधेको छ ।
समितिको अर्को बैठक भदौ २८ गते ११ बजे बस्नेछ ।