काठमाडौं,२६ भदौ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाई गरेको बिरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति भण्डारीको पुतला दहन गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाई गरेको भन्दै नेविसंघले काठमाण्डौको त्रिचन्द्र कलेज अगाडी राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहन समेत गरेको हो ।

नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेको बिरोधमा राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप गरेको नेविसंघले जनाएको छ ।

राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसंघ कार्यकर्ताले पनि ढुंगा हानेका थिए । त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो ।

प्रहरीसँगको झडपमा एक जना कार्यकर्ता घाइते भएको नेविसंघले जनाएको छ ।

प्रदर्शनका कारण केही समय घन्टाघर आसपासको सवारी आवागमन अवरुद्ध भएको थियो ।