काठमाण्डौ,१७ भदौ ।
केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटाएको थियो ।

नेपालको जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए भने
अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए ।
शेख एक सय १० रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले २३ रनको योगदान दिए ।

यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीन÷तीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एक÷एक विकेट लिए ।

जितसँगै नेपालले तीन एकदिवसीय अभ्यास खेलमा एक–शून्यको अग्रता लिएको छ । शृङ्खलाको दोस्रो खेल भोलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।