काठमाण्डौ,१५ भदौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले उम्मेदवारी दिने भएका छन् ।
अगामी ४ मंसिरमा हुने निर्वाचनमा उनले झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिन लागेका उनको उम्मेदवारीको ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने बिषय अझै फाइनल हुन बाँकी रहेको कलाकार कुमार कट्टेलले बताए ।
‘मैले उम्मेदवारी दिने सोच बनाएको हो । त्यसअनुसार साथीहरुसँग छलफलमा पनि छु’ कट्टेलले भने–‘छलफल जारी रहदा नै साथीहरुले ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल गरेछन् ।’ आफु उम्मेदवार बन्ने नबन्ने निर्णय नभएपनि बन्न सक्ने सम्भावन धेरै भएको उनले सुनाए । झापा क्षेत्र नम्बर ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।






