काठमाडौं,८ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष
ओली प्रधानमन्त्री देउवालेलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा अल्मलिएका बेला प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा मंसिर ४ गते हुनगइरहेकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको बताइएको छ ।