काठमाडौं,६ भदौ । नेपालमा साेमबार थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३८१ पीसीआर परीक्षण गर्दा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षण गर्दा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४५६ जना संक्रमीत निकाे भएका छन भने एक जनाको मृत्यु भएको छ । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् । जसमध्ये १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा उपचाररत रहेका छन् ।

यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४४ हजार ९४० पुगेको छ ।