
काठमाण्डौ,५ भदौ ।
नेपाली कांग्रेसका नेता एवम् समाजवादी चिन्तक प्रदीप गिरिको पार्थिव शरीर पशुपतिनाथमा रहेको आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवम् श्रद्धाञ्जली अर्पण गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उनिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व. गिरिप्रति सलामी अर्पण ग¥यो । स्व. गिरीलाई उनका छोरा सन्तोषले दागबत्ती दिए ।
गिरिको अन्त्येष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व. गिरिका श्रीमती र एक छोरा रहेका छन् ।
गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र कांग्रेससहितका नेताहरू सानेपा पुगेका हुन् । आजै गिरिको अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।
७५ वर्षीय गिरिको उपचारका क्रममा नेपाल मेडिसिटी अस्पतालमा शनिवार राति साढे ९ बजे निधन भएको हो । उनि लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित थिए ।





