काठमाडौं,३ भदौ । नेपालमा शुक्रबार थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९४५ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट २४६ तथा एन्टिजेन विधिबाट ३७७ जनामा गरी ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् ।