काठमाण्डौ,३१ साउन ।
नेपालमा मंगलबार थप आठ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी पाँच हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा आठ सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा पाँच सय २६ जना कोरोना संक्रमित निको भएका छन् भने एक जना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा पाँच हजार दुई सय ५९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ९० हजार चार सय ४७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।