काठमाडौं,२८ साउन ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दी खोला नजिकबाट आज बिहान ९ बजे ना ७ ख ७१०३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।
त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको र घटनाको थप बिवरण आउन बाँकी रहेको एसपी अधिकारीले बताए ।
ट्रकमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने खुलेको छैन ।






