काठमाण्डौ,२७ साउन ।
नेपालमा शुक्रबार थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी चार हजार ७१२ जनाको नमुना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५११ जना कोरोना संक्रमित निको भएका छन भने कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । हाल नेपालमा पाँच हजार ७७५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।