काठमाडौं,२५ साउन ।
नेपालमा बुधबार थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६१४ पीसीआर परीक्षण गर्दा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षण गर्दा ३७२ जना गरी ८६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४१४ कोरोना संक्रमित निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९७७ जना संक्रमितको मृत्यु भएको छ ।
हाल नेपालमा ५ हजार ८८५ सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।