काठमाण्डौ,२४ साउन ।
नेपालमा मंगलबार थप एक हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी ६ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा लामो समयपछि एकै दिन एक हजार जनाभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप चार सय ३८ जना संक्रमित निको भएका छन भने दुई जना संक्रमितको मृत्यु भएको छ । । नेपालमा हाल सक्रिय संक्रमितको संख्या पाँच हजार आठ सय ६ जना पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोनाका कारण ११ हजार नौ सय ७४ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप एक लाख ७१ हजार आठ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।