काठमाण्डौ,२३ साउन ।
नेपालमा सोमबार थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर पीसीआर र एन्टिजेन गरी पाँच हजार ३५१ जनाको नमुना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ४७० जना कोरोना संक्रमित निको भएका छन भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा पाँच हजार ६८६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा ३२ हजार पाँच सय २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।






