काठमाडौं,२१ साउन । प्रधानमन्त्री शेर बहादुर देउवासगँ नेपाली काँग्रेसका युवा नेता एबं सांसद अभिषेक प्रताप शाह सहित एक समुहले भेटवार्ता गरेको छ । उक्त भेटवार्तामा कपिलवस्तुको विकास र आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका बारेमा विशेष छलफल भएको नेपाली कांग्रेस कपिलवस्तुका नेता राजेश ज्ञवालीले जानकारी दिए ।

साे क्रममा आगामी निर्वाचनमा कपिलवस्तुबाट काँग्रेसलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरेको ज्ञवालीले बताए ।

भेटवार्तामा सांसद शाह र कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले कृष्णनगरको विकासका बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए ।
कृष्णनगरमा ब्यवस्थित बसपार्क, ढल निकास सडक सन्जालका बारेमा पनि गम्भिर छलफल भएको बताइएको छ ।

उक्त भेटघाट कार्यमा नेपाली काँग्रेस कपिलवस्तुका युवा नेता राजेश ज्ञवालीले कपिलवस्तु कांग्रेसका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न युवा नेता ज्ञवालीले प्रधानमन्त्री देउवालाई आग्रह समेत गरे । कपिलवस्तुकाे विकास र राजनितिक गतिबिधिबारे प्रधानमन्त्री देउवा चिन्तित भएको नेता ज्ञवालीले जानकारी दिए ।