काठमाण्डाै,१५ साउन ।
मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकोले अझै तीन दिन लगातारजसाे पानी पर्ने सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज, भोलि र पर्सि धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार आज दिउँसो प्रदेश-१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान छ ।

यस्तै, राति प्रदेश-१ र मधेस प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले बताए । अहिले मनसुनको न्यून चापीय रेखा नेपाल नजिक रहेकाले देशभरको मौसम बदली भइ पानी पर्न लागेको हो । वर्षाका कारण बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।