काठमाण्डौ,१३ साउन । आजदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश सहित देशका धेरै स्थानमा आज पनि वर्षा हुने माैसम पुर्वानुमान महाशाखाकाे प्रक्षेपण छ । दिउँसो लुम्बिनी,गण्डकी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति लुम्बिनी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ ।

शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाइएको छ ।