काठमाण्डौ,१२ साउन ।
नेपालमा बिहीबार थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार २५ जनाको नमुना परीक्षण गर्दा ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार २३६ जना पुगेको छ । सोही अवधिमा थप २१५ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ११ हजार ९६२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ५९ हजार चार सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






