काठमाण्डाै,१० साउन ।
नेपालमा मंगलबार थप ६३८ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २१८ जना संक्रमित निको भएका छन् भने दुई जना कोराेना संक्रमितको मृत्यु भएको छ ।
केही समय काेराेना संक्रमणका कारण मृत्युु हुने क्रम रोकिए पनि पछिल्ला केही दिनयता मृत्युु हुनेको संख्या थपिन थालेको छ । अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५९ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या बढेर तीन हजार ७१४ जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप दुई लाख ५७ हजार ८७८ जनाले कोरोनाविरुद्धको खोप लगाएकाे विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।






