काठमाण्डाै,९ साउन । नेपालमा पछिल्लाे २४ घण्टामा ५६८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी ४८ सय जनाकाे नमुना परीक्षण गर्दा ५६८ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ सय ३४ जना पुगेकाे छ । पछिल्लो समय थपिने सङ्क्रमितको सङ्ख्या धेरै र निको हुनेको सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । साेही अवधिमा एक जना सङ्क्रमितकाे मृत्यु भएकाे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६३ हजार ३७२ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएकाे विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।






