काठमाडौं,८ साउन ।
नेपालमा आइतबार थप ३४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षण गर्दा ३०३ जना र १ हजार ५२८ एन्टिजेन परीक्षण गर्दा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९५ जना कोरोना संक्रमित निको भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ रहेको छ ।
संक्रमितमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ३५, कास्कीमा २७, मोरङमा १७ र भक्तपुरमा जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।