बुटवल,५ साउन ।
बुटवलबाट काठमाडौं जाँदै गरेको माईक्रो मुग्लिन नजिकै बससँग ठोक्किदा एकजनाको मृत्यु भएको छ भने १४ जना घाईते भएका छन् ।
बुटवलबाट काठमाण्डौ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको माइक्रो र काठमाडौंबाट बझाङतर्फ जादै गरेको ना ६ ख १३४० नम्बरको बस आज साँझ ५ः२० बजे चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको चुम्लिङटारमा ठाेक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका हाल नामथर वतन नखुलेको अन्दाजी ३६ वर्षको पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज साँझ ७ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
माइक्रोमा सवार गुल्मी तम्घास नगरपालिका–१ बस्ने वर्ष २७ को आशिष पन्थी, रुपन्देही देवदह नगरपालिका–६ बस्ने वर्ष २६ की लक्ष्मी श्रेष्ठ, सुनसरी हरिनगर गाउँपालिका–५ बस्ने वर्ष ४३ को प्रकाश कुमार मेहेताको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
माइक्रो चालक रुपन्देही बुटवल उप–महानगरपालिका–२ बस्ने वर्ष २५ का कमल दर्जी, माइक्रो साहु नवलपरासी सुनौल नगरपालिका–७ बस्ने वर्ष ३० को कृष्ण बहादुर राक्स्य, चितवान भरतपुर महानगरपालिका–११ भोजाड बस्ने वर्ष ३७ को शुसिला पौड्याल, उनकी छोरी वर्ष १२ की दिप शिखा पौड्याल, छोरा वर्ष १० को दिप्सन पौड्यालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको अधिकारीले जानकारी दिए ।
त्यस्तै, नवलपुर गैडाकोट नगरपालिका–२ बस्ने वर्ष ४० की पार्वती ढकाल, गुल्मी मदाने गाउँपालिका–६ बस्ने वर्ष ४० को कृष्ण बहादुर घर्ती क्षेत्री, नवलपरासी मध्यबिन्दु नगरपालिका–११ बस्ने वर्ष ३४ को बाबुराम परियार, देवदह नगरपालिका–२ बस्ने वर्ष २२ को शिब सारु र गैडाकोट–२ बस्ने वर्ष १२ की नुतन ढकालको पनि सोहि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






