काठमाण्डाै,५ साउन । नेपालमा बिहीबार चार सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ६९ जनाको नमुना परीक्षण गर्दा चार सय ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६ जना संक्रमित निको भएका छन् । साे अवधिमा कोरोना भाइरसकाे संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । अहिले नेपालमा दुई हजार पाँच सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसविरुद्ध खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।