काठमाण्डौ,३ साउन ।
भक्तपुर मध्य ठिमिका स्वतन्त्र उम्मेदवार जिबपती श्रेष्ठ जनमुक्ति पार्टीमा बिनासर्त पार्टी प्रबेश गरेका छन् ।

श्रेष्ठलाई साेमबार महाराजगंज स्थित संघीय परिषदको कार्यालयमा एक कार्यक्रम आयोजना गरी पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले पार्टी सदस्यता पत्र प्रदान गरेका हुन् ।
पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले श्रेष्ठको पार्टी प्रबेशले जनमुक्तिलाई बैकल्पिक शक्ती निर्माण गर्न एउटा बलियो ईट्टा थपिएको बताए ।

पछिल्लो समय जनमुक्ति पार्टीमा प्रवेशकाे लहर चलेको भन्दै उनलेे आगामी निर्वाचनबाट पार्टी राष्ट्रिय पार्टीको रूपमा स्थापित हुने दाबीसमेत गरे ।
कार्यक्रममा नवप्रवेशी श्रेष्ठले राष्ट्र निर्माणका लागि राष्ट्रिय जनमुक्ति पार्टीको नीति, सिद्धान्त र कार्यक्रम नै सही लागेकोले आफूहरु प्रवेश गरेको बताए । स्थानिय निर्वाचनमा आफुले भोगेका अनुभवहाँरु बताउदै श्रेष्ठले दलको बिकल्प दल नै हो भन्ने मान्यतालाई आत्मसाथ गर्दै राष्ट्रिय जनमुक्ति पार्टीमा प्रबेश गरेको उल्लेख गरे । उनलेे भने-“धेरै बिचार गरें, धेरै चिन्तनमनन गरें, पहिचानको सवालमा अघ्र पंङ्तिमा आवाज बुलन्द गर्ने एक मात्र पार्टी राष्ट्रिय जनमुक्ति पार्टी नै रहेछ ।”

राज्यद्वारा गरिदै आएको गैरन्यायिक सडक बिस्तार बिरूद्ध, रैथाने हक अधिकार हनन गर्न लादिएको गुठी बिधेयक , रैथानेहरूको घरजग्गा लुट्ने दूराशयपूर्ण ज्यादती बिरुद्ध नागरिक अधिकार स्थापित गर्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ गत स्थानीय निर्वाचनमा मध्यपुर ठिमी (जिल्ला भक्तपुर) मेयर पदका स्वतन्त्र उम्मेदवार बनेका थिए ।
युवा उधमी श्रेष्ठ लाई संघीय परिषद सदस्य पदमा समायोजन हुने गरी यही साउन ५ देखी ७ गते रुपन्देहीमा हुने बिस्तारित बैठकले अनुमोदन गरी जिम्मेवारी प्रदान गर्ने राजमुपा सचिवालयले जनाएको छ।