काठमाण्डौ,२ साउन ।
नेपालमा सोमबार ४५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी चार हजार ६५१ जनाको नमुना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा केही दिनयता दिनहुँजस्तै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । जसका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७७६ जना पुगेको छ । २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । सोही अवधिमा ४८ जना संक्रमित निको भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९८ हजार नौ सय जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






